

संघीय शिक्षा ऐन सदनमा पेस गर्ने मन्त्रिपरिषद्काे निर्णय

काठमाडौं – सरकारले संघीय शिक्षा ऐन सदनमा पेस गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऐनलाई संसदमा पेस गर्न स्वीकृत दिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
बैठकमा लम्पी स्किन रोगबाट पशु चौपाया गुमाउने किसानलाई राहत दिने विषयमा पनि छलफल भएको र अर्को बैठकले निर्णय गर्ने उनले बताइन् ।
बैठकले विश्व वातावरण सुविधावापत प्राप्त हुने २० करोड २२ लाख अनुदान स्वीकृत गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।
त्यस्तै बैठकले विज्ञापन नियमन गर्ने नियमावली २०८० स्वीकृत गरेको उनले बताइन् ।

