नेपालमा चिनियाँ खोपलाई आपतकालीन प्रयोगको अनुमति


काठमाडौं – नेपालमा चिनियाँ ‘भेरो सेल’ खोपले आपतकालीन प्रयोगका लागि अनुमति पाएको छ ।

चाइनिज सिनोफार्म कम्पनीको भेरो सेल खोपले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको औषधी व्यवस्था विभागले जानकारी दिएको हो । यो खोप बेइजिङ इन्स्टिच्युट बायोलिजकलबाट उत्पादन हुने गरेको छ ।

चीनले नेपाललाई पाँच लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको छ । अनुमतिपछि चिनियाँ खोप नेपालमा ल्याएर प्रयोग गर्ने बाटो खुलेको छ ।

नेपालमा यसअघि भारतले नेपाललाई अनुदानका रुपमा  १० लाख डोज खोप उपलव्ध गराइसकेको छ । भारतमा  सिरम इन्स्टिच्युटबाट उत्पादित कोभिसिल्ड नामको उक्त खोप अहिले नेपालमा लगाउने अभियान जारी छ ।

 

प्रतिक्रिया