

राप्रपालाई ३ दिनभित्र भवन खाली गर्न महानगरको उर्दी

काठमाडौं – काठमाडौं महागरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को धुम्बाराहीस्थित केन्द्रीय कार्यालय खाली गर्न निर्देशन दिएको छ ।
महानगर प्रहरीले कार्यालय भवन अवैध भएको भन्दै तीन दिनभित्र खाली गर्न निर्देशन दिएको हो ।
महानगर प्रहरीको टोलीले कार्यालयबाहिर माइकिङ गरेको थियो । भवनको नक्सा पास छैन भने माथि हाइभोल्टेज प्रसारण लाइनसमेत छ ।
उक्त भवन तत्कालीन अध्यक्ष कमल थापाका पालामा बनेको थियो ।

