

कोशीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको आह्वान

काठमाडौं – कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।
खापुङले साउन १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८(२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् ।
सर्वोच्चको आदेशसँगै निवर्तमान मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएसँगै मुख्यमन्त्रीका लागि आह्वान गरिएको हो ।

