२ जनालाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिँदै ओली कम्बोडिया प्रस्थान


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया गएका छन्।

अध्यक्ष ओलीको सचिवालयले दिएको जानकारी अनुसार आगामी साउन ७ गते कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षणका लागि अध्यक्ष ओली त्यसतर्फ गएका हुन्। गएराति कम्बोडिया गएका ओली साउन ८ गते स्वदेश फर्कने कार्यक्रम छ।

अध्यक्ष ओलीको साथमा पत्नी राधिका शाक्य, पार्टीको उपमहासचिव विष्णु रिमाल, स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी लगायत ७ जनाको टोली कम्बोडिया गएको हो।

अध्यक्ष ओलीको अनुपस्थितीमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्बाङले संयुक्त रुपमा कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया