

पूर्वमन्त्री यादव बैंकिङ कसुरमा पक्राउ

रुपन्देही — बाँके प्रहरीले लुम्बिनी प्रदेश सरकारका पूर्व कृषि मन्त्री तथा नेकपा एमाले नेता विजय यादवलाई पक्राउ गरेको छ ।
आइतबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले यादवलाई डुडुवा गाउँपालिका–१ होलियाबाट पक्राउ गरेको हो ।
बैङ्किङ कसुर मुद्दामा यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले रुपन्देही जिल्ला अदालतले बैङ्किङ कसुर मुद्दामा यादवको नाममा पक्राउ पुर्जी जारी गरेअनुसार जिल्ला प्रहरी कार्यालय बाँकेले यादवलाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा बुझाइएको बताए ।

