

पौडेलको जिल्ला सभापति भेला देउवाको केन्द्रीय समिति आह्वानमा ‘ओभरल्याप’

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार केन्द्रीय समितिको बैठक डाकेपछि बरिष्ठ नेता रामचन्द्र पौडेलको जिल्ला सभापति भेला ‘ओभरल्याप’मा परेको छ।
यसैकारण बुधबारकै लागि बोलाइएको भेला पौडेल समूहे स्थगित गरेको छ। केन्द्रीय समितिको बैठकबाट महाधिवेशनमा जाने कि निर्वाचनमा जाने भन्ने विषयमा ठोस निर्णय लिइनेछ।
‘कांग्रेस महाधिवेशनको तयारीमा पनि छ। तर, सरकारले निर्वाचनको घोषणा गरेका कारण महाधिवेशन सार्ने तयारीअनुसार केन्द्रीय समिति बैठक हुन लागेको हो’, कांग्रेस स्रोतले भन्यो।
७ फागुनसम्म सभापति देउवाको कार्यकाल रहेको छ। त्यसपछि महाधिवेशनमा जानुपर्ने थियो। तर, देउवाले अहिले महाधिवेशन गर्न चाहेका छैनन् त्यसैले निर्वाचनमा जाने विषयमा जोडबल गरिरहेका छन्।
कांग्रेसमा सभापति देउवा र पौडेलपक्षबीच यहि विषयमा मतभेद भइरहेको थियो। त्यसैले देउवालाई दबाबमा राख्नका लागि पौडेल पक्षले जिल्ला सभापति भेला आह्वान गरेको थियो। तर आफ्ना एजेन्डा केन्द्रीय समितिमा नै राखेर अघि बढ्ने पौडेलको तयारी थियो।

