
लिखुपिकेको भक्काञ्जेमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ एयरको हेलिकोप्टर
काठमाडौं – लुक्लाबाट काठमाडौंका लागि मेक्सिकन पर्यटक लिएर फर्किएको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बु लिखु पिके गाउँपालिका वडा नम्बर ५ भक्काञ्जेस्थित लाम्जुरापास गाँडेको चिहानडाँडामा भेटिएको छ ।
हेलिकप्टर दुर्घटना भएको ठाउँमा अहिले आगलागी भइरहेको छ । वडा नम्बर ५ का वडाध्यक्ष ङिमाछिरी लामाले हेलिकप्टर क्षतविक्षत अवस्थामा रहेको बताए । उनले दुर्घटनास्थलमा प्रहरी पुगिनसकेको जानकारी दिए ।
गाउँलेले अहिले घटनास्थलमा पुगी उद्धारमा जुटेका छन् । हेलिकप्टर र दुर्घटनास्थल हेर्दा हेलिकप्टरमा सवार यात्रुको जीवित उद्धारको सम्भावना कम रहेको उनको भनाइ छ ।
हेलिकप्टरमा ५ जना मेक्सिकन नागरिक र एकजना नेपाली क्याप्टेन छन् । सो सोलुखुम्बुको लाम्जुरापासमा यसअघि पनि यति एयरको हवाईजहाज दुर्घटना भएको थियो ।



कागजपत्र |
