मनाङ एयरको हेलिकोप्टर लिखुपिकेको लामाजुरामा दुर्घटना


काठमाडौं – सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लिखुपिके गाउँपालिका वडा नं. ५ लामाजुरामा दुर्घटना भएको प्रारम्भिक सूचना प्राप्त भएको छ।

लिखुपिके गाउँपालिकाकी प्रमुख मीना कार्की बस्नेतले उक्त दुर्घटना भएको जानकारी आएको बताउँदै आफू पनि त्यसतर्फ जाँदै गरेको बताइन् । उक्त स्थान गाउँपालिकाबाट ३ घन्टा लाग्ने जनाइएको छ ।

हेलिकोप्टर दुई पालिकाको सिमाना क्षेत्रमा दुर्घटना भएको खबर स्थानीयले गराएको र घटनास्थलतर्फ प्रहरी गइरहेको छ। हेलिकोप्टरमा क्याप्टेन र ५ यात्रु गरी ६ जना सवारी थिए।

दुर्घटना भएको हेलिकप्टरमा पाँचै जना यात्रु मेक्सिकन नागरिक भएको खुलेको छ।

सोलुखुम्बुबाट काठमाडौका लागि १० बजे उडेको हेलिकोप्टर लामाजुरा पुगेपछि सम्पर्कविहीन भएको थियो। हेलिकोप्टर उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो।

प्रतिक्रिया