

गुण्डा नाइके बस्नेत र रानालाई जन्मकैदको सजाय
लोप्साङ लामालाई १५ र समिरमानकी श्रीमती माया शेरचनलाई १० वर्ष कैद

काठमाडौं – गुण्डा नाइके समिरमान सिंह बस्नेतलाई जन्मकैदको फैसल सुनाइएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या अभियोगमा पक्राउ परेका बस्नेतसहित अम्बरबहादुर रानालाई पनि जन्मकैदको सजाय भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बस्नेतसहित रानालाई जन्मकैदको फैसला सुनाएको हो ।
त्यस्तै सोही अभियोगमा पक्राउ परेका लोप्साङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष, समिरमानकी श्रीमती माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपैयाँ जरिवानाको फैसला भएको हो । २३ असोज २०७४ मा गौचनमाथि शान्तिनगरमा गोली प्रहार भएको थियो ।

