विद्यालयमा दिवा खाजाको ‘मेनु’ तयार, के के छन् त परिकार ?


काठमाडौं – सरकारले देशभरका सबै सामुदायिक विद्यालयका प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजामा ‘जङ्क फुड’ खुवाउन रोक लगाएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीयस्तरमा उपलब्ध उत्पादनलाई नै जोड दिने खालका विभिन्न ६० थरिका ‘मेनु’ तयार गरेको छ ।

केन्द्रले तयार पारेकोे विद्यालय दिवा खाजा व्यवस्थापन सहयोगी पुस्तिकाको ‘मेनु’मा क्षेत्रगत आधारमा विभिन्न थरिका खाजाको विवरण प्रस्तुत गरेको छ ।

यस्तै कर्णालीमा प्रति विद्यार्थीलाई दैनिक २० रुपियाँ र अन्य स्थानका विद्यार्थीलाई १५ रुपियाँका दरले रकम उपलब्ध गराइन्छ ।

कार्यक्रमबाट देशभरिका २९ लाख ४० हजार ७ सय ८९ विद्यार्थीले निःशुल्कमा विद्यालयमा दैनिक खाजा प्राप्त गर्नेछन् ।

यसका लागि सरकारले सात अर्ब ७२ करोड ९३ लाख ३० हजार रकम विद्यालयमा पठाइसकेको छ ।

प्रतिक्रिया