साफमा भारत बन्यो फेरि च्याम्पियन


काठमाडौं – भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।

मंगलबार बेंगलोरमा भएको फाइनल खेलमा कुवेतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै भारतले उपाधि उचालेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो ।

शबैश अल खाल्दीले खेलको १४ औं मिनेटमा गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए । लल्लियान्जुआला चाग्तेले ३८ औं मिनेटमा गोल गर्दै भारतलाई बराबरीमा ल्याउन सफल भएका थिए ।

प्रतिक्रिया