इजरायलको वेस्ट बैंकमा सैन्य कारबाही, १० प्यालेस्टिनी मारिए


वेस्ट बैंक –  वेस्ट बैंकमा इजरायलको सैन्य कारबाही जारी छ। प्यालेस्टिनी अधिकारीहरूले आक्रमणका कारण जेनिन सहरका करिब तीन हजार मानिस आफ्नो घर छाड्न बाध्य भएको बताएका छन्।

इजरायलको सेनाले १२० जनालाई गिरफ्तार गरेको छ। इजरायलको सैन्य कारबाही सोमबारबाट सुरु भएको हो।

इजरायली सैनिक सशस्त्र बुलडोजर लिएर वेस्ट बैंकमा प्रवेश गरे र हवाई हमला पनि गरे।

यस कारबाहीमा कम्तिमा १० प्यालेस्टाइनीको मृत्यु भएको खबर छ। इजरायल डिफेन्स फोर्सका प्रवक्ता माशा माइकलसनले बीबीसीलाई आफ्नो सैन्य कारबाहीमा एक जना पनि सर्वसाधारणको मृत्यु नभएको बताएकी छन्। बीबीसी

प्रतिक्रिया