बालेनद्वारा हनुमानढोका परिसरमा सवारीसाधन प्रवेशमा रोक्न निर्देशन 


काठमाडौं – काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरमा सवारी साधन प्रवेशमा रोक लगाएको छ ।

महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत् ऐतिहासिक धरोहरको संरक्षणका लागि यस परिसरमा सवारीसाधनको प्रवेशमा रोक लगाइएको बताएका छन् ।

उनले लेखेका छन्,
काठमाडौ मुख्यरुपमा प्राचिन र ऐतिहासिक कालीगढीको उदाहरण हो । काठमाडौको पहिचान भनेकै यहाँका सम्पदाहरु हुन् । विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायीकता अंगाल्न सक्ने भनेकै यीनै सम्पदा र यीनको प्राचीन मौलिकता पनि हुन् । यहि हेर्न, अनुभव गर्न र रमाउन लाखौँ पर्यटकहरु आउन सक्छन् । 
वसन्तपुर हनुमानढोका यसमध्येकै एक हो, जहाँ दिनमा हजारौँ पर्यटकहरु आउने र लाखौँ आउन सक्ने सम्भावना छ । यीनीहरुको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक छ ।
यसैले हनुमानढोका परिसर भित्र सवारी साधनहरुलाई निषेध गरिएको छ ।

प्रतिक्रिया