सत्ता गठबन्धनको बैठक बस्दै, जनमतलाई सरकारमा सहभागी गराउन माओवादी मन्त्री मोदीलाई फिर्ता !


काठमाडौं – सत्तारुढ गठबन्धन दलको बैठक अहिले ४ बजे बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले महत्वपुर्ण निर्णय लिने बताइएको छ।

उक्त बैठकमा सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउनेबारे छलफल हुने बताइएको छ । माओवादी केन्द्रका कुनै एक मन्त्रीलाई फिर्ता बोलाएर जनमतलाई सरकारमा सहभागी गराउने प्रधानमन्त्री प्रचण्डको तयारी गरेको छ ।

आज ९आइतवार० बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सिके राउतबीच सरकारमा सहभागी हुने विषयमा छलफल भएको थियो ।

सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने सम्भावना बढी रहेको छ । पर्यटन मन्त्री सुदन किराँती सफल मन्त्रीको रुपमा देखिइरहेका बेला मोदीको बहिर्गमन सम्भावना बढी रहेको देखिएको माओवादी निकट स्रोतले जनाएको छ। सरकारमा माओवादीका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित ६ जना मन्त्री छन् ।

त्यसअघि आज बिहान जनमत पार्टीका अध्यक्ष सिके राउतलाई प्रधानमन्त्री निवासमै बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी हुनका लागि प्रस्ताव गरेका थिए । सोही अनुसार जनमत सरकारमा जाने भएपछि मोदीको मन्त्री पद जाने सम्भावना देखिएको छ ।

प्रतिक्रिया