
लुम्बिनी सरकारले फेर्यो दुई मन्त्रालयको नाम
काठमाडौं – लुम्बिनी प्रदेश सरकारले दुई मन्त्रालयको नाम फेरेको छ।
आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशमा रहेको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरेर गृह मन्त्रालय बनाउने निर्णय गरेको छ।
त्यसै गरेर आर्थिक मामिला मन्त्रालयको नाम परिवर्तन गरेर अर्थ मन्त्रालय बनाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।



कागजपत्र |
