

अनलाइन जुवा खेलाउने चार जना पक्राउ
काठमाडौं – प्रहरीले अनलाइनमार्फत सट्टेबाजी गराउने कार्यमा संलग्न रहेको आरोपमा श्रीमान–श्रीमतीसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट राजा चौधरी नाम गरेका व्यक्तिसहित चार जनालाई पक्राउ गरेको हो ।
उनीहरूले विभिन्न अनलाइन क्यासिनो खेलहरूले खेलाएको पाइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका घर भई कलङ्की बस्ने २४ वर्षीय राजा चौधरी, २५ वर्षीय चौधरी तथा काठमाडौँको ठमेल बस्ने २५ वर्षीय रितेन्द्र प्रधान र उनकी श्रीमती आशा गुरुङ रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले अनलाइ क्यासिनो खेलहरूमामार्फत बाजी राख्न लगाउने गरेको पाइएको छ । आफूले लाभ लिने उद्देश्यले रकमको बाजी राख्न लगाई सट्टेबाजी गराएर खेल खेलाउने गरेको गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूमाथि आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

