
बजेटमा सत्तापक्षकै असन्तुष्टिपछि आइतवारको प्रदेशसभा बैठक स्थगित
बुटवल – आइतवारका लागि बोलाइएको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफलका लागि बोलाइएको प्रदेशसभाको बैठक सूचना टासेर स्थगित गरिएको हो ।
यही असार १० गते आइतवारका लागि बोलाइएको प्रदेशसभाको दोस्रो अधिवेशनको बाह्रौ बैठक विशेष कारणवस स्थगित गरिएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरद्वारा जारी सूचनामा उल्लेख छ ।
प्रदेश सरकारले ल्याएको बजेटमा सत्ता पक्षनै असन्तुष्ट भएपछि बजेटमाथिको छलफलका लागि बोलाइएको बैठक स्थगित भएको बताइएको छ । प्रदेशसभाको अर्को बैठक असार १३ गतेका लागि तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।



कागजपत्र |
