नेपाललाई दोस्रो झट्का


काठमाडौं – जिम्बाबेमा जारी विश्वकप छनोटको तेस्रो खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ । नेपालले १४.५ ओभरमा कुशल भुर्तेललाई गुमाएको हो ।

भुर्तेल २७ रन बनाउँदै आउट भएका हुन् ।

यसअघि नेपालका अर्का ओपनर आशिफ शेख शुन्य रनमा आउट भएका थिए ।

अहिले १५ ओभरमा नेपालले २ विकेट गुमाउँदै ५० रन बनाएर खेलिरहेको छ ।

नेदरल्याण्डविरुद्धको जित्नै पर्ने खेलमा टस हारेर नेपालले पहिलो ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया