
काभ्रेमा बोलेरो दुर्घटना हुँदा चार जना घाइते
काभ्रे – काभ्रेपलाञ्चोकको बेथानचोक ४ पडगाउँडाँडामा बोलेरो गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
पडगाउँडाँडादेखि क्लबघर निस्कने सडकमा बोलेरो गाडी अन्दाजी २०० मिटर तल झरेको प्रहरीले जनाएको छ ।
गाडीमा चालकसहित चार जना सवार रहेकोमा सबै घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ ।
घाइते चार जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।



कागजपत्र |
