ललितानिवास प्रकरणः पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धको अभियोगपत्र सर्वोच्चले माग्यो


काठमाडौं– बालुवाटारस्थित ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध विशेष अदालतमा दर्ता भएको अभियोगपत्र सर्वोच्च अदालतले मागेको छ।

आइतबार सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलशाले उनीहरूविरुद्ध मुद्धा चलाउन माग गर्दै परेको रिटको सुनुवाई गर्दै विशेष अदालतमा दर्ता भएको अभियोगपत्र झिकाउन आदेश दिएको हो।

अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्दा तयार पारेको अभियोग पत्रको प्रमाणित प्रतिलिपि सर्वोच्चले माग गरेको हो। ललिता निवास प्रकरणमा अख्तियारले नीतिगत निर्णयमात्र गरेको भन्दै नेपाल र भट्टराईलाई मुद्दा नचलाउने निर्णय गरेको थियो ।

यसविरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका थिए।

प्रतिक्रिया