ललितले दिलाए नेपाललाई छैटौं सफलता


काठमाडौं – उत्कृष्ट बलिङ सुरुआत गरेको नेपालका लागि जारी आईसीसी विश्वकप छनोट अन्तर्गत अमेरिकाविरुद्धको खेलमा ललितराज वंशीले व्यक्तिगत पहिलो विकेट लिँदै नेपाललाई छैटौं सफलता दिलाएका छन् ।

टस जितेर बलिङ थालेको नेपालका लागि आफ्नो सातौं ओभर बलिङमा आएका ललितले अमेरिकाका सुशान्म मोदानीलाई बोल्ड आउट गर्दै नेपाललाई छैटौं सफलता दिलाएका हुन् । यसअघि करण केसीले उत्कृष्ट बलिङ गर्दै पावर प्लेमा अमेरिकाका ४ बलरलाई पभेलियन फर्काएका थिए । त्यस्तै दीपेन्द्र सिंह ऐरीले एक विकेट हात पारेका छन् ।

६ विकेट गएसँगै अमेरिका यतिबेला दबावमा रहेको छ । शिर्ष क्रमका मुख्य ब्याटर गुमाईसकेको अमेरिकाले यो समाचार लेखिसक्दा २८ ओभरमा ६ विकेट गुमाएर ९४ रन मात्रै बनाएको छ ।

प्रतिक्रिया