

आजै सपथ लिँदै प्रधानन्यायाधीश कार्की

काठमाडौं – प्रधानन्यायाधीश हरिकृष्ण कार्की शपथ आजै हुने भएको छ। संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन भएपछि आजै शपथ गराउन लागिएको हो ।
प्रधानन्यायाधीशको सपथ सवा ५ बजे राष्ट्रपति कार्यालयमा हुनेछ । प्रधानन्यायाधीश कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउनेछन् ।
शपथलगत्तै प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतमा पदभार गर्ने जनाइएको छ । उनलाई आजै बिहान बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।
यसअघि नै संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको थियो । कार्की साउन १९ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन् ।

