

शहीद स्मारक ‘ए’ डिभिजन लिग आजबाट सकिँदै, अन्तिम खेलमा जावलाखेल र फ्रेन्डस भिड्दै

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सकिँदै छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले गत बैशाख १० गते लिगको दोस्रो लिगको खेलतालिका सार्वजनिक गर्ने क्रममा घोषणा गरे अनुसार आजबाट लिग सकिन लागेको हो ।
पहिलो पटक ए डिभिजन खेल खेलेको चर्च ब्वाईज लिग खेल सकिनु अगावै लिग विजेता भइसकेको छ । मच्छिन्द्र क्लब अङ्क तालिका अनुसार दोस्रो स्थानमा छ । तेस्रो स्थानमा नेपाल पुलिस क्लब रहेको छ ।
आज अन्तिम खेल जावालाखेल युथ क्लब र फ्रेन्डस क्लबबीचमा हुनेछ।

