

मोरङमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडौं – मोरङको बुढीगंगा गाउँपालिका-४, कोसी लोकमार्गस्थितमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।
आज दिउँसो साढे १ बजे ना.४ ख ९५०० नम्बरको ट्रकले ठक्कर दिँदा घाइते भएका स्थानीय साइकलयात्री ६० वर्षीय वीरबहादुर रायको उपचारको क्रममा बिराट नर्सिङ होम विराटनगरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ठक्कर दिने ट्रक र चालक बिर्तामोड नगरपालिका-४ झापाका ३२ वर्षीय भोला तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

