उडिरहेको श्री एयरलाइन्सको ढोका एक्कासी खुलेपछि…


काठमाडौं – काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्स जहाजको ढोका एक्कासी खुलेपछि विमान काठमाडौं फिर्ता भएको छ।मङ्गलवार बिहान धनगढी जाँदै गरेको विमानको ढोका एक्कासी खुलेपछि जहाज काठमाडौं नै फिर्ता गरिएको हो ।

जहाजको ढोका खुलेको ३० मिनेटसम्म आकाशमा नै उडाएर पुनः काठमाडौं फर्काएर अवतरण गराइएको छ । विमानमा आएको प्राविधिक समस्याका कारण एक्कासी ढोका खुलेको बताइएको छ ।

प्रतिक्रिया