बायर्नलाई वर्ल्डकप उपाधि, बेन्जामिनको एक गोलले भयाे निर्णय


कतार – बायर्न म्युनिकले टाइग्रेसलाई हराएर बिहीबार फिफा क्लब वर्ल्डकप जितेको छ । बेन्जामिन पभार्डले गरेको एक मात्र गोल नै खेलकाे निर्णायक बन्याे । बायर्नले पछिल्लो नौ महिनामा जितेको यो छैटौं उपाधि हो ।

बायर्न अब यूईएफएकप, जर्मन सुपरकपसँगै नयाँ क्लब विश्व च्याम्पियन पनि भएको छ । यसअघि उसले जर्मन लिग र कपसँगै च्याम्पियन्स लिग पनि जितेको थियो ।

रोबर्ट लेवनडोस्की अफसाइडमा रहेको भन्दै सुरुमा पभार्डको गोलले मान्यता पाएको थिएन । तर पछि त्यसलाई ‘भार’ ले उल्ट्याएको थियो । यसअघि जोसुआ किमिचको गोललाई भने ‘भार’ ले मान्यता दिएको थिएन ।

गत सिजन लिभरपुलले यो उपाधि जितेको थियो । आठ वर्षयता लगातार युरोपकै क्लबले फिफा वर्ल्डकप जित्दै आएका छन् । मेक्सिकोको टाइग्रेस भने फाइनल पुग्ने पहिलो उत्तर तथा मध्य अमेरिकी टिम बन्यो । एजेन्सी

प्रतिक्रिया