उपप्रधानमन्त्री खड्काको घरमा प्रधानमन्त्री प्रचण्ड


सुर्खेत – खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत पुगेका छन् ।

सडक दुर्घटनामा ज्यान गुमाएकी उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारीको परिवारलाई समवेदना दिन प्रचण्ड सुर्खेत पुगेका हुन् ।

सुर्खेत विमानस्थलमा ओर्ले लगत्तै प्रचण्ड सुर्खेत अस्पतालका निर्देशक डा. डम्बर खड्काको घर पुगेका छन् ।

प्रचण्डको साथमा उपप्रधान तथा रक्षामन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउँद र नेकपा एसका नेता झलनाथ खनालपनि सहभागी छन् ।

५३ वर्षीया सञ्जु खाती खड्काको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो ।

सुर्खेततर्फ जाँदै गरेको उनीहरू सवार कारलाई बाँकेको राप्तीसोनारी गाउँपालिका–८ मुगुवा खोलानजिकै मङ्गलवार बेलुका साढे चार बजेतिर नेपालगन्जबाट पूर्वतर्फ जाँदै गरेको बसले ठक्कर दिएको थियो ।

प्रतिक्रिया