

एएफसी यू–२० महिला एसियन कपः आज नेपाल र म्यानमार भिड्दै

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोटका लागि नेपाली टिम अहिले म्यानमार भ्रमणमा छ । नेपाली टिमले आज आयोजक म्यानम्यारविरुद्धको खेलबाट प्रतियोगिताको सुरुआत गर्नेछ ।
नेपालले छनोटको पहिलो चरणमा तत्कालीन घरेलु टिम प्यालेस्टाइन र मारियाना आइसल्यान्डलाई समान ६–० ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएको थियो । समूह ‘बी’मा रहेको नेपालले शीर्ष स्थानमा रहेर दोस्रो चरणमा स्थान बनाएको हो । म्यानम्यार भने समूह ‘जी’को विजेता बन्दै दोस्रो चरणमा स्थान बनाएको टिम हो । पहिलो चरणमा म्यानम्यारले कम्बोडियालाई २–० र मलेसियालाई १–० ले हराएको थियो ।
म्यानम्यार नेपालभन्दा तुलनात्मक रुपमा बलियो टिम हो । आज म्यानम्यारलाई घरेलु मैदानको पनि साथ हुनेछ । तर, नेपालका प्रशिक्षक यमप्रसाद गुरुङले आफ्नो टिम जुन सुकै टिमलाई हराउन सक्षम रहेको बताएका छन् । एएफसी यू–२० महिला एसियन कप छनोटका लागि म्यानमार भ्रमणमा रहेको नेपाली टिमका प्रशिक्षक गुरुङले सोमबार यस्तो प्रतिक्रिया दिएका हुन् ।
“पहिलो चरणमा हासिल गरेको सफलताले टिमको मनोबल बढाएको छ । टिममा एकता छ । नेपाल कुनै पनि टिमलाई हराउन सक्ने क्षमता राख्छ,’’ मंगलबार प्रतियोगिताको खेलमा चाइनिज ताइपेईविरुद्ध खेल्नुअघि नेपालका प्रशिक्षक गुरुङले भने, ‘‘हामी हरेक खेल जित्नकै लागि खैल्छौं । फिफा वरीयतामा हामीभन्दा माथि भएका टिमहरू प्रतिद्वन्द्वी छन् । तर, हामी उच्च मनोबलका साथ मैदान उत्रनेछौँ ।”
नेपाल र म्यानमारबीचको खेल नेपाली समयअनुसार साँझ ५Þः४५ बजे सुरु हुनेछ । छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ । यो समूहमा नेपालले घरेलु टिम म्यानमारसँगै चीन र चाइनिज ताइपेईविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपालले जुन ८ मा चीनसँग र जुन १० मा चाइनिज ताइपेइविरुद्ध खेल्नेछ ।

