

४० लाख भारु न्यूनतम मूल्यमा आईपीएल अक्सनका लागि छानिए सन्दीप

काठमाडौं – सन् २०२१ को इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सनका लागि नेपालका सन्दीप लामिछाने छनौट भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीपसहित आठ खेलाडीको नाम सिफारिस गरे पनि उनी मात्रै छानिएका हुन् ।
अक्सन फेब्रुअरी १८ तारिखमा चेन्नईमा हुनेछ । अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ । सन्दीपले यसअघि आईपीएलको तीन संस्करणमा दिल्ली क्यापिटल्सबाट खेलिसकेका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले बिहीवार आईपीएलमा सहभागी हुने खेलाडी र न्यूनतम मूल्य सार्वजनिक गरेको हो ।

