कोरियाली प्रायद्वीपबारे दक्षिण कोरिया र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता


काठमाडौं – दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्रीबीच फोन वार्ता भएको बताइएको छ । उनीहरुबीच शुक्रबार भएको फोनवार्तामा कोरियाली प्रायद्वीपका बारेमा कुराकानी भएको बताइएको छ । दक्षिण कोरियाका विदेशमन्त्री चुङ इयुङ र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीचमा सो कुराकानी भएको हो ।

उनीहरुबीच कोरियाली प्रायद्वीपका साथै अमेरिका र कोरियाबीचको आपसी सहयोग र समझदारीका बारेमा कुराकानी भएको बताइएको हो । यसका साथै अरु पनि क्षेत्री र अन्तर्राष्ट्रिय विषयहरुमा कुराकानी भएको समाचारमा जनाइएको हो ।

उनीहरुका बीचमा आगामी दिनमा कोरियाली प्रायद्वीपमा निसस्त्रीकरण गर्ने विषयमा पनि कुराकानी भएको थियो । उनीहरुले उत्तर कोरियाको विषयमा फोनमा कुराकानी गरेका थिए । उत्तर कोरियालाई आगामी दिनमा निसस्त्रीकरण के कसरी गर्न सकिन्छ भन्ने बरेमा पनि त्यस अवसरमा कुराकानी भएको समाचारमा जनाइएको छ ।

यसका साथै उनीहरु आगामी केही समयमा नै भेटेर द्विपक्षीय वार्ता गर्ने सहमति गरेका छन् । उनहरुले आगामी दिनमा जतिसक्दो चाँडो नै द्विपक्षीय वार्ता गर्ने बताएका हुन् । एजेन्सी

प्रतिक्रिया