रेशम चौधरीलाई आममाफी दिन सिफारिस गरेपछि सर्वोच्चकाे ढोका ढक्ढक्याउन पुगे पीडित


काठमाडौं – टिकमपुर घटनाका मुख्य योजनाकार मानिएका रेसम चौधरीलाई सरकारले आममाफी दिन लागेपछि पीडितहरु सर्वोच्च अदालत पुगेका छन्।

सर्वोच्च अदालतलेसमेत जन्म कैदको फैसला गरेको टीकापुर घटनाका दोषी चौधरीलाई आममाफी दिन आइतबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेसँगै पीडितहरु अदालतको ढोका ढक्ढक्याउन पुगेका हुन् ।

टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा बोहरा कडायतले आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दिएकी छन् ।

उनले दिएको उक्त रिट निवेदन दर्ता भइसकेको छैन। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले शारदाले दिएको रिट अध्ययनका क्रममा रहेको भन्दै दर्ता भइनसकेको जानकारी दिए ।

शारदाले दर्ता गराएको रिट आइतबार दर्ता भइसकेको छैन। यस्तो अवस्थामा सोमबार गणतन्त्र दिवसका अवसरमा देशभर सार्वजनिक बिदा हुनेछ।

रेशम सोमबार नै रिहा हुनेछन्। रेशमको आममाफीविरुद्ध परेको रिट मंगलबार मात्रै दर्ता हुन सक्छ ।

सरकारको सिफारिसअनुसार रेशमसहितका ५० प्रतिशत सजाय कटाइसकेका कैदीहरुलाई सोमबार मनाइने गणतन्त्र दिवसका अवसरमा सजाय माफी दिएर रिहा गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया