
प्रचण्ड–नेपाल समूहका बरिष्ठ नेता खनाल नयाँ दिल्लीमा
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहका बरिष्ठ नेता झलनाथ खनाल शुक्रबार भारतको नयाँ दिल्ली पुगेका छन्।
खनालको दिल्लीयात्रा कुनै राजनीतिक भेटका लागि नभई स्वास्थ्योपचारका लागि रहेको बताइएको छ। नेपाल वायुसेवाको नियमित उडानबाट खनाल दिल्ली गएका हुन्।
उनी एपोलो अस्पतालमा स्वास्थ्य उपचार गर्नेछन्। नयाँ दिल्लीमा उनी चार दिन बस्नेछन्।



कागजपत्र |
