
जसपा स्थायी समिति सदस्य हवारी प्रधानमन्त्री ओली नेतृत्वको नेकपामा
काठमाडौं– जनता समाजवादी पार्टीका स्थायी समिति सदस्य एवं पार्टीका युवा इञ्चार्ज इस्लाम हवारी प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन्।
ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान आयोजित विशेष कार्यक्रममा हवारीलाई नेकपामा स्वागत गरेका हुन्।
प्रधानमन्त्री ओलीले हवारीलाई उत्कृष्ट ढंगले पार्टी काम गर्न सक्ने नेताका रुपमा चित्रित गरेका छन्। वीरगञ्ज निवासी हवारीसँगै जसपाका विभिन्न तहका नेता कार्यकर्ताहरु पनि पार्टी प्रवेशका क्रममा रहेको बताइन्छ।



कागजपत्र |
