शेयरबजारमा सुधार, मंगलबार नेप्से १३.२२ अंकले बढ्यो


काठमाडौं – साताको पहिलो दिन घटेको शेयर बजार दोस्रो र तेस्रो दिन बढेको छ । मंगलबार शेयर कारोबार बन्द हुँदा नेप्से १३.२२ अंकले बढेको छ ।

सो अंकमा नेप्से बढी १५८३.६० मा नेप्से रोकिएको छ ।

मंगलबार १ सय ९३ वटा कम्पनीको शेयर कारोबार भएको थियो । ती कारोबारमा १ अर्ब २७ करोड १८ लाख २९ हजार ९ सय ९० रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै २.६५ अंकले बढेसँगै सेन्सेटिभ पनि ३ सय १३.५५ मा पुगेको छ ।

प्रतिक्रिया