लगानीमैत्री वातारण तयार गर्न सक्षम छौँ : गभर्नर अधिकारी


काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लगानीमैत्री वातावरण सिर्जना गर्न नेपाल सक्षम रहेको बताएका छन् ।

लगानी बोर्ड र स्टान्डर्ड चार्टर्ड बैंकको संयुक्त आयोजना र नेपाल आर्थिक पत्रकार समाज (सेजन)को संयोजनमा आज काठमाडौंमा सम्पन्न ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’को अन्तिम सत्रमा उनले यस्ताे बताएका हुन् ।

नेपालमा लगानी गर्नका लागि अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाले चासो देखाइरहेको जानकारी दिँदै गभर्नर अधिकारी भने, ‘नेपाल लगानीमैत्री वातावरण निर्माण गर्न सक्षम छ । हामी गर्वका साथ भन्न सक्छौँ, हामी लगानीमैत्री वातावरण तयार गर्छौं ।’

उनले भने, ‘अन्तर्राष्ट्रिय लगानीकर्ताले नेपालको अवस्थालाई नजिकबाट नियालिरहेका छन् । हाम्रो अवस्थालाई अन्य देशसँग तुलना गरिरहेका छन्, यद्यपि उनीहरू लगानीका लागि इच्छुक छन् ।’

गभर्नर अधिकारीले आज सम्पन्न ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेल’ले नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया