रवि भन्छन्, ‘ठूला नेता र तिनका सन्तानको ‘ताण्डव’ छाडे रास्वपा हेरेर बस्दैन’


काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सांसद रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई एउटै फाइलले ज्वरो निकालेको बताएका छन् ।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान फितलो भएको समेत बताएका छन् । उनले अनुसन्धानको लहरोले ठूला नेता र तिनका सन्तानको ताण्डवलाई छाडेमा रास्वपा हेरेर नबस्ने बताएका छन् ।

उनी लेख्छन्,

शिर्ष नेताहरुको तिब्र भेटघाट, फरार (गराइएका) अझै सम्पर्क विहिन, नाम आएकाहरु माथीको अनुसंधान फितलो!!! खबरदार, अनुसंधानको लहरोले ठुला नेता र तिनका सन्तानको “जगजाहेर तान्डव”लाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन।यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला। प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस!!

प्रतिक्रिया