

मिनी ट्रक दुर्घटना हुँदा १ महिलाको घटनास्थलमै मृत्यु

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-२ ढोडेनीमा गएराति मिनी ट्रक दुर्घटना हुँदा १ महिलाको घटनास्थलमै मृत्यु भएको छ। चार जना घाइते भएका छन्।
मृत्यु हुनेमा सोही ठाउँकी ३० वर्षीया पेमा तामाङ रहेकी छिन्। २ जना घाइतेको उपचार धुलिखेल अस्पतालमा र २ जनाको उपचार मेलम्ची स्थित नगर अस्पतालमा भइरहेको छ।
घाइतेमध्ये १ जनाको अवस्था भने गम्भीर रहेको छ। गणेशबगरबाट ढोडेनीतर्फ जाँदै गरेको बा ४ ख ५३८२ नम्बरको मिनी ट्रक गएराति सडकबाट करिब १० मिटर तल खसेको थियो।
दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

