

अमेरिकी र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपालका लागि अमेरिकी राजदूत डीआर थम्पसन र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। चिनियाँ राजदूत छन् सोङले उनीहरूबीच छलफल भएको जानकारी दिएका छन्।
भेटमा नेपालको विकासबारे छलफल भएको राजदूत छन् सोङले ट्वीटमार्फत् जानकारी दिएका छन्। यद्यपि यो भेट कहिले र कहाँ भएको भन्नेबारे राजदूत छन् सोङले खुलाएका छैनन्।
दुई शक्तिशाली मुलुक अमेरिका र चीनबीच सम्बन्ध चिसिरहेका बेला नेपालका लागि दुई राजदूतबीच भएको भेटलाई अर्थपूर्ण रूपले हेरिएको छ। नेपाल मामिलामा पनि अमेरिका र चीनको फरक फरक मत रहँदै आएको छ।

