ओली कागजी बादशाह हुन् : रामकुमारी झाँक्री


काठमाडौं – नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कागजी बादशाह बनिरहेको टिप्पणी गरेकी छन् । विरोध सभालाई सम्बोधन गर्दै उनले ठूलो त्यागबाट प्राप्त संविधान च्यातचुत फाल्ने प्रणालीविरुद्ध बोल्न नछोड्ने बताएकी हुन् ।

‘संविधान च्याचचुत फाल्ने प्रणालीविरुद्ध बोल्छौँ । हामी बोल्न जन्मेका हौँ,’ उनले भनिन्, ‘खड्क प्रसाद ओली कागजी बादशाह हुन् । ढलिसके अन्तिम घोषणा गर्न बाँकी छ । जब बादशाहले आफ्नो कदलाई घटाउँदै जान्छन् । कागजका अग्लाअग्ला बुख्याँचाहरू बनाउँछन् केपी ओली त्यसै गर्दैछन् ।’

उनले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध बोलेको भन्दै आफूमाथि प्रश्न उठाइएको भन्दै त्यसको खण्डन पनि गरिन् । ‘खलपात्रको विरुद्ध बोल्न पाइन्छ कस्ले भन्यो बोल्न पाइँदैन ? भागरथी, निर्मलाकोविरुद्ध १८ वर्ष विद्या देबी भण्डारीले नेतृत्व गरेको अनेमसंघ बोल्यो कि बोलेन ? कुनै पनि सार्वजनिक पदको लिग हुँदैन बोल्न पाइन्छ ।’

 

प्रतिक्रिया