सरकार नेवार संस्कृति समाप्त पार्न लागिपरेको छ : जीवनराम श्रेष्ठ


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता जीवनराम श्रेष्ठले वर्तमान सरकार नेवार संस्कृति समाप्त पार्न लागिपरेको आरोप लगाएका छन् ।

विरोधसभामा उनले ओली सरकार आएदेखि नै जातजाति र संस्कृतिविरुद्ध लागिरहेको आरोप लगाएका छन् ।

‘यो सरकारले काठमाडौं उपत्यकाका नेवार समुदायको संस्कृति समाप्त पार्न गुठी विधेयक ल्याएको थियो,’ श्रेष्ठले भने, ‘हामी उपत्यकाका नेवारहरूले झ्याली बजाएर लखेटेपछि रोकिएको थियो । अहिले हाम्रो जनप्रतिनिधिमूलक संसद् नै समाप्त पारिदियो । अझै जनविरोधी काम गर्न छोडेको छैन ।’

प्रतिक्रिया