

सचिव पाण्डेलाई सिंहदरबार वृत्तको हिरासतमा राखिने

काठमाडौं – नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगीमा संलग्न भएको आरोपमा पक्राउ परेका सचिव टेक नारायण पाण्डेलाई सिंह दरबार प्रहरी वृत्तको हिरासतमा राखिने भएको छ।
काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि ३ दिनको म्याद थप परेपछि प्रहरीले सिंहदरबार वृत्तको हिरासतमा राखेर अनुसन्धान गरिने भएको हो। प्रहरीले उनलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं पुर्याएको थियो।
पाण्डे बुधबार बिहान पक्राउ परेका थिए। तत्कालीन गृहसचिव हुँदा पाण्डे यो प्रकरणमा संलग्न भएको यसअघि पक्राउ परेकाहरुले बयान दिएपछि प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो।

