रविलाई संसदीय दलको नेता बनाउने रास्वपाको निर्णय, सरकारमा सहभागीताबारे शुक्रबार निर्णय लिने


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पार्टी संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । आज (सोमबार)बसेको पार्टी केन्द्रीय समिति बैठकले रविलाई दलको नेता बनाउने निर्णय गरेको हो ।

सो निर्णयलाई आजै बस्ने संसदीय दलको बैठकले अनुमोदन गर्ने प्रवक्ता मुकुल ढकालले जानकारी दिए । आजको बैठकमा सरकारको विषयमा छलफल भएपनि कुनै निर्णय नभएको उनले बताए ।

उनका अनुसार पार्टीले यसबारे शुक्रबार ठोस निर्णय गर्नेछ । रास्वपाले सरकारमा जानका लागि आफ्नो शर्त पुरा हुनुपर्ने अडान लिँदै आएको छ । त्यसका लागि शुक्रबारसम्म पर्खिएर आवश्यक निर्णय लिइने भएको हो ।

रास्वपाका सभापति रवि लामिछानेले सरकारबारे प्रधानमन्त्री प्रचण्डसँग छलफल थालिसकेका छन् । उनले आइतबार मात्रै प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफ्नो माग सम्बोधन भएमा सरकारमा सहभागी हुन सकिने जनाउ दिएका थिए । प्रधानमन्त्री प्रचण्डले पनि माग पुरा गर्न सकारात्मक जवाफ दिएको बताइएको छ ।

प्रतिक्रिया