तीन महिनाको उपचारपछि स्वदेश फर्किए चन्द्र भण्डारी


काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी स्वदेश फर्किएका छन्। तीन महिनाको उपचारपछि नेता भण्डारी आज डिस्चार्ज भइ स्वदेश फर्किएका हुन्। स्वास्थ्यमा सुधार आएपछि भण्डारी स्वदेश फर्किएका हुन्।

उनी मुम्बइस्थित नेशनल बर्न सेन्टरमा उपचारत थिए। गत फागुन ३ गते बुद्धनगरसस्थित निवासमा ग्याँस लिक भई आगलागी हुँदा भण्डारी गम्भीर घाइते भएका थिए। उनकी आमा हरिकला भण्डारीको गत फागुन ४ गते उपचारका क्रममा निधन भएको थियो।

पछिल्लो समय उनी बोल्न र हिँड्‍न सक्ने भएका छन्। भण्डारीको बाँकी उपचार नेपालमै हुनेछ।

प्रतिक्रिया