वीर अस्पतालको छतको पर्खाल भत्किँदा चार कुरूवा घाइते


काठमाडौं – वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किँदा चार जना घाइते भएका छन् ।

लगातारको वर्षाका कारण ईंट्टाको पर्खाल मक्किएर भत्किँदा तल कोरिडोरमा हिँड्नेहरु सामान्य घाइते भएका हुन् ।

पर्खाल भत्किँदा घाइते भएकाहरू बिरामीका कुरूवा हुन्।

उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको र खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया