

पूर्वराजा ज्ञानेन्द्र नेपालगन्जमा, राप्रपा महामन्त्रीद्वारा स्वागत

काठमाडाैं – पूर्वराजा ज्ञानेन्द्र शाह लुम्बिनीसहित कर्णाली र सुदूरपश्चिम प्रदेशको भ्रमणमा निस्किएका छन् । सोही क्रममा शुक्रवार उनी बाँकेको नेपालगन्ज पुगेका छन् ।
पूर्वराजा नेपालगन्ज पुग्दा राप्रपाका महामन्त्री धवल शमशेर राणाले विमानस्थलमा स्वागत गरेका छन् । उनलाई स्वागतका लागि अन्य राजावादी पनि विमानस्थल पुगेका थिए ।
विभिन्न ठाउँको नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने क्रममा पूर्वराजा नेपालगन्ज आइपुगेको राणाले बताए ।
राणाका अनुसार पूर्वराजालाई वैशाख २० गते नेपालगन्जमा अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । उनी कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्ला पनि पुग्ने कार्यक्रम छ ।

