

डा. चन्द्र भण्डारी पर्सी नेपाल आउँदै

काठमाडौं – ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका सांसद चन्द्र भण्डारी स्वास्थ्य उपचारपछि नेपाल फर्कने भएका छन् ।
गत फागुन ३ गते राजधानीको बुद्धनगरस्थित घरमा भएको ग्यास सिलिण्डर विस्फोटमा परी गम्भीर घाइते भएका डा. भण्डारी लामो समय भारतको अस्पतालमा उपचार भईरहेको थियो । उनको स्वास्थ्यमा सुधार भएर सञ्चो हुने प्रक्रियामा रहेको र अस्पतालभन्दा बाहिरै बसेर पनि थप उपचार गर्न सकिने भएकोले नेपाल फर्कने तयारी गरिएको उनका दाजु मिन भण्डारीले जनाए ।
भण्डारीका अनुसार डा. भण्डारी आइतबार दिउँसो २ः५५ को नेपाल एयरलाईन्सको उठानबाट साँझ ५ बजे त्रिभुवन अन्तराष्ट्रीय विमानस्थलमा आउने कार्यक्रम तय भएको छ ।
अब बाँकी उपचार नेपालमा नै गरिने पनि जनाइएको छ । उक्त विस्फोटमा गम्भीर घाइते भएकी भण्डारीकी आमा हरिकला भण्डारीको फागुन ४ गते निधन भएको थियो । भण्डारीले गत फागुन ४ गते नै उपचारका लागि भारत लगिएको थियो ।

