प्रचण्ड-नेपाल समूहको प्रदर्शन आज, जुलुससहितको विरोधसभा गरिँदै


काठमाडौं – प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको प्रर्दशन आज (बुधबार) हुने भएको छ ।

प्रधानमन्त्री केपी ओली शर्माको कदमको विरोधमा उक्त समूहले प्रदर्शन गर्दै आइरहेको छ ।

यसैबीच उक्त समूहका नेताद्वय दाहाल र नेपालले प्रदर्शनमा सहभागी हुनका लागि आग्रह गरेका छन् ।

विरोधसभा अघि राजधानीका विभिन्न स्थानबाट जलुस निकाल्ने तयारी भएको र सभालाई नेकपाका अध्यक्षद्वयसहित शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ ।

सो समूहको केन्द्रीय सङ्घर्ष समितिले जारी गरेको विज्ञप्तिअनुसार त्यस दिन पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा जुलुस निकालिने जनाएको छ ।

यसअघि उक्त समूहले यही माघ ९ गते पनि राजधानीमा प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया