सरकारमा जानेबारे रविले भने- मन्त्री पाउनेबित्तिकै होइन, गन्तव्यमा पुग्ने उद्धेश्य लिएर जान्छौं


काटमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थनको औचित्यमाथि प्रश्न उठेको बताएका छन् । रास्वपा केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले सरकारमा बिना कारण सरकारमा जान नसक्ने बताएका हुन् ।

‘हिजो औचित्य थियो र गइएको थियो । हामी मन्त्री पाउनेबित्तिकै जाने होइन। हामी गन्तव्यमा पुग्ने उद्धेश्यले मात्र गएका थियौं,’ लामिछानेले भने, ‘हामी भ्रष्टाचारको फाइल खोल्ने भनेका छौं, उहाँहरुले त्यसलाई बदर गर्ने हो भने त समर्थन मात्र नभई बिरोधी नै हुनुपर्ने अवस्था आउनसक्छ। ’
उनले अहिलेसम्म आफूहरु चुनावमा व्यस्त भएकाले अब सरकारको सहभागीताबारे छलफल गर्ने बताए।

‘सरकारमा सहभागीता जनाउनेबारे हामी छलफल गर्दैछौं। भ्रष्टाचार गर्नेलाई फाइल खोल्ने भन्ने विषय न्युनतम साझा कार्यक्रमबाट हटायो भने सरकार पनि नरहने उनले चेतावनी दिएका छन्।

प्रतिक्रिया