राष्ट्रिय सभा बैठक स्थगित


काठमाडौं – बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक शुक्रबारका लागि सरेको छ ।

बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको बैठक विशेष कारणले शुक्रबारका लागि सारिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

उनका अनुसार अब राष्ट्रिय सभा बैठक शुक्रबार अपरान्ह ४ बजेर १ मिनेटमा बस्नेछ ।

प्रतिक्रिया